काठमाडौं - काठमाडौं संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले सिलिकन भ्याली बैंक बन्द गरेका छन्। 

सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो।

नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ। यसअघि प्रि-मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो। 

अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण दिने बैंकको रुपमा चिनिएको यो बैंक सन् १९८३ मा स्थापना भएको थियो। क्रिप्टो फर्महरुलाई दिएको कर्जा र क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको जानकारहरु बताउँछन्। यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने खतरा बढाएको छ । सिलिकन भ्याली बैंक बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । 

सिलिकन भ्याली बैंक यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो। यसअघि २३ अक्टोबर २०२० मा अल्मेना स्टेट बैंक बन्द भएको थियो।