काठमाडौं - पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएका छन् भने १० बढि घाइते भएका छन्।
बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हमलामा मारिएका प्रहरीहरू बलुचिस्तान कन्स्टेबुलरीका भएको जनाईएको छ।
कम्बरी पुल नजिकै बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई एक मोटरसाइकले ठक्कर दिएको थियो। गाडीमा सावर सुरक्षाकर्मी आइतबार सिबी मेलाबाट ड्युटी सकेर फर्किदै थिए।
बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विष्फोटको निन्दा गर्नुका साथै यसलाई आतंकवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, 'बलुचिस्तानलाई अशान्ति र अस्थिरता सृजना गरेर पछाडि धकेल्न षडयन्त्र भइरहेको छ। यस्ता षडयन्त्रलाई जनताको सहयोगले असफल बनाइनेछ।'
पाकिस्तानमा पछिल्लो समयमा सुरक्षाकर्मीलाई निसाना बनाइ आक्रमण भइरहेका छन्।
0 comment