काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नहुने टिप्पणी गरेका छन्। 

आठ दलीय गठबन्धनलाई लक्षित गर्दै शनिबार बिहान सांसद लिङ्देनले ट्वीटरमा लेखेका छन्,‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन। आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’

एमालेसँगको गठबन्धन तोडेर राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्ती पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग पुन : गठबन्धन गरेका छन्। कांग्रेससँग सहकार्य गरेपछि राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ।