काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी शक्तिहरु सत्ता कब्जा गर्न सफल भएको बताएका छन्।
नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक रुपान्तरणको विरोधी र स्वार्थी शक्तिहरु सत्ता कब्जा गर्न र जनतालाई भ्रमित पार्न सफल भएको बताएका हुन्।
एमालेको ध्यान मुलुकको विकास र समृद्धिका लागि नै रहेको भन्दै ओलीले यसैका कारण एमालेमाथि सबैतिरबाट प्रहार भएको बताए। उनले जनतालाई भ्रममा पार्ने र सही बाटोबाट अघि बढ्न नदिनेबाट मुक्त पार्न बौद्धिक जगतले आवश्यक भूमिका खेल्नुपर्ने बताए।
ओलीले जनतालाई धक्माउने तर्साउने र जनताको चेतनालाई परिवर्तन हुन नदिने प्रवृतिलाई रोक्नुपर्ने बताए।
0 comment