काठमाडौं - ग्रिसको उत्तर क्षेत्रमा लारिसा सहर नजिकै गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
यात्रुबाहक रेल र मालबाहक रेल एक आपसमा ठोक्किंदा यसअघि नै ३६ जनाको मृत्यु भएको थियो भने ६६ जना घाइते भएर अस्पतालमा भर्ना भएका थिए। सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएपछी मृत्यु हुनेको संख्या ५७ पुगेको हो।
सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन्। ती घाइतेमध्ये ६ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको छ।
ग्रिसको अग्नि नियन्त्रक सेवाले शुक्रबारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ।
उक्त यात्रुवाहक रेलमा ३४६ जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ।
0 comment