काठमाडौं - राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङका लागी मत माग्दै नेकपा एमालेका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् ।  

नेम्वाङसहित एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई लगायत नेताहरूले रास्वपाका नेताहरूलाई भेटेका हुन् ।

भेटमा एमाले नेताहरूले पार्टी सभापति रवि लामिछाने समक्ष मतदान गर्न आग्रह गरे । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । यसअघि एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगी माधवकुमार नेपालसँग राष्ट्रपतिमा नेम्बाङलाई मत दिन आग्रह गरेका थिए । 

रास्वपा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ।