काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन् । 

संसद् बैठक चैत ५ गते तोकिएको र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन आचारसंहिता पनि तय भएकाले निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेका छन् । पुस १० मा प्रधानमन्त्री बन्दा विश्वासको मत दिएका दलहरूलेसरकार छोडेपछि प्रचण्डले फेरि विश्वासको मत लिन लागेका हुन्। एमाले र राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन्। तर,सरकारबाट बाहिरिए पनि रास्‍वपाको समर्थन भने कायमै छ।

राष्ट्रपति निर्वाचनका क्रममा नयाँ आठ दलीय गठबन्धन बनेको छ । गठबन्धनमा कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।