काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई भोट हाल्न आग्रह गरेका छन्।

गौतमलाई भेट्न ओली भैंसेपाटी पुगेका थिए। करिब एक घण्टाको वार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो। 

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टी नरोजेपछि जिम्मेवारीविहीन भएका थिए। त्यसपछि उनले आफैँ एकता राष्ट्रिय अभियान नामको पार्टी गठन गरेका थिए।

नेकपा विभाजन हुने क्रममा ‘नेकपा एकता राष्ट्रिय अभियान’घोषणा गरेर पार्टी मिलाउने भूमिकामा आफूलाई उभ्याउन खोजेका थिए। गौतम त्यसयता राजनीतिको किनारामा पर्दै गएका छन्।