काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रपति प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
पार्टी सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणका क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा-आधा कार्यकालको प्रस्ताव गरेपछि आफुले अस्वीकार गरेको बताए। मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो।
'नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रती प्रतिबद्ध छ', उनले भने, यसमा माओवादी केन्द्र त छँदैछ।' जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
0 comment