काठमाडौं - नेकपा एमालेका सचिव गोकर्ण विष्टले पदका लागि प्रधानमन्त्रीले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन्।
विदुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विष्टले पुस १० को सहमतिलाई लत्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताए। पछिल्लो राजनीतिक दृश्यले प्रधानमन्त्री प्रचण्डको चित्र प्रष्ट्याएको विष्टको भनाइ छ। वर्तमान सरकार बनाउँदा एमालेसँग भएको सहमति र बनेको समीकरण टुटे देश संकटमा पर्ने उनको भनाइ छ।
राजनीतिक उत्तारचढाव जे भए पनि आगामी २५ गते हुने निर्वाचनबाट सुवास नेम्वाङ नै राष्ट्रपति बन्ने विष्टको दावी छ। संविधानको रक्षा, गणतन्त्र र राष्ट्रियता जोगाउन नेम्वाङ निर्विकल्प रहेको उनको भनाइ छ।
एमाले सचिव विष्टले प्रचण्ड र माओवादीको फेरिएको व्यवहारले ‘राजनीति भनेको भागबण्डा मात्रै हो। जे पनि हुन्छ भन्ने विषयलाई मलजललाई मलजल गर्यो। विगतको सहमति लत्याएर प्रचण्ड र माओवादीले कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्रीप्रतिको विश्वासनीयता निकै कमजोर भएको छ,' विष्टले भने।
नुवाकोट पुगेका एमाले नेता रघुजी पन्तले एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ नै विजयी हुने दावी गरे।
0 comment