काठमाडौं - काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त  सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए । द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित  समयमा नै सम्पन्न गर्न निर्देशन दिए । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो ।