काठमाडौं - पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्।

श्रेष्ठले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताइन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे भने खुलाएकी छैनन्। उम्मेदवारी घोषणासँगै उनको राजनीतिक आबद्धता र चुनावी तयारीबारे चासो बढेको छ।