काठमाडौं - दैलेखमा धारिलो हतियार प्रहारबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। ठाटिकाँध गाउँपालिका वडा नं. ४ का बम बहादुर रावतले घरेलु हतियार (हँसिया) प्रहार गर्दा गम्भीर घाइते भएकी ४५ वर्षीया बिमा मगरको मृत्यु भएको हो। जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
निजले चन्द्र बहादुर पुन मगरको घरमा पसेर अन्धाधुन्ध हतियार प्रहार परिवारका अन्य ४ जना घाइते भएका थिए। प्रहरीका अनुसार घाइते हुनेहरूमा चन्द्र बहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुन, २० वर्षीया छोरी लक्ष्मी पुन,२३ वर्षीया छोरी तिला पुनमगर र तिलाकी ३ महिनाकी छोरी जानकी रोक्का रहेकी छन्।
घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ। घटनामा संलग्न बम बहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।


0 comment