काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। उनले आज साँझ सामाजिक सञ्जालमार्फत सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।
“पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्”, मन्त्री तिमिल्सिनाले भनेका छन्, “प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”
पत्रकार पक्राउको प्रेस काउन्सिल, सत्तारुढ दल रास्वपा लगायत दलहरुबाट चौतर्फी आलोचना र विरोध हुन थालेपछि सरकारले उनीहरुलाई रिहा गरेको हो ।


0 comment