काठमाडौं - आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा आज ५ बजेबाट एनपीएलका खेलहरु सुरु हुँदैछन् । करिब एक महिनासम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यसपटकको खेलमा पहिलो पटक डीआरएस प्रणाली लागू गरिदैछ ।  यस्तै विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ ।