काठमाडौं - नेपाली फुटबललाई व्यावसायिक बनाउने उदेश्यका साथ नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फागुन १ गतदेखि एनएफएल आयोजना गर्ने घोषणा गरिएको हो । एनएफएलमा नेपाल सुपर लिग (एनएसएल)का सातवटै टोलीले सहभागीता जनाउने एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए ।
एनएफएलको पहिलो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीको सहभागिता रहने र अन्य नयाँ टोलीलाई सहभागिताको आह्वान गरिने उनले बताए ।
उनले लिगलाई केवल पुरुष श्रेणीमा मात्र नभई एकेडेमी, महिलालगायत सबै श्रेणी र क्याटेगोरीमा अगाडि लैजाने भन्ने दीर्घकालीन सोचका साथ अघि बढिएको बताए ।
होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजनाका साथ सुरु गर्न लागिएको प्रतियोगिता चार महिनासम्म चल्ने एनएफएलले जनाएको छ । क्लवहरुको अग्रसरतामा घरेलु फुटबललाई चलायमान बनाउन एनएफएल आयोजना गरिएको बताइएको छ ।


0 comment