काठमाडौं - बाराको कलैयामा फागुन ९ गतेदेखि कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ। 

कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लबले कलैया मेयर टि–२० मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। सोमबार कलैयामा पत्रकार सम्मेलन गरि क्लबले प्रतियोगिताका बारेमा जानकारी पनि गराएको छ। 

कलैयाको सिद्धेश्वर स्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६ वटा टिमले भाग लिनेछन्। प्रतियोगितामा बाराको कलैया, पर्साको वीरगन्ज , चितवन र मकवानपुर तथा भारत बिहारको बेतिया र मोतिहारी क्रिकेट क्लबले भाग लिने आयोजक कलैया क्रिकेट क्लबलका अध्यक्ष तसिरुद्दिन मन्सूरले पत्रकार सम्मेलनमा जानकारी गराए। 

प्रतियोगितको उपाध विजेता टिमलाई नगद ६० हजार सहित ट्रफी र उपविजेता टिमलाई  नगद ३० हजारसहित ट्रफी प्रदान गरिने अध्यक्ष मन्सूरले बताए। पत्रकार सम्मेलनमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले प्रतियोगिताको विजेता र उपविजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका थिए।