काठमाडौं - कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीले पार्टीलाई समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्। पिछडिएको क्षेत्रका आवाजलाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठाउने उनले बताए ।
उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तर योगदान, अनुभव र कार्यक्षमताको मूल्याङ्कन गर्दै आफूलाई सहमहामन्त्री पदमा मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका छन् । उनी २०७८ सालमा भएको १४ औं महाधिवेशनमा पनि सहमहामन्त्री पदमा उठेका थिए। तर, त्यसबेला बद्री पाण्डेसँग उनी पराजित भएका थिए। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।


0 comment