काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन् ।
    
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्पmबाट समर्थन रहने स्पष्ट गरे ।
    
नेता शाहीले रोजगारीका लागि युवा विदेश जान बाध्य हुने अवस्थाको अन्त्य नभएको भन्दै स्वदेशमा उद्योग, कलकारखाना, स्वास्थ्य संस्थाको थप विकास गर्न आग्रह गरे ।
   
उनले बाढीपीडितलाई उचित राहत, क्षतिपूर्तिसहित चाँडो पुनः स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरे ।