अस्ट्रेलिया-मेलबर्न - नेपाली युवा समुहको जोश जागर सहित ७ बर्ष अगाडि स्थापना गरिएको क्रीकेट क्लब मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट ले आज एक विशेष कार्यक्रम को आयोजना गरि  टिमका खेलाडिहरुले जर्सी सार्वजनि गरेको छ।

मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट क्रीकेट टिमबाट
आकाश सुनार,अर्जुन पौडेल, बासु भुसाल
भूमिराज रिजाल, विक्रान्त कटवाल, विपिन भण्डारी
मञ्जिल पाठक , निर्मल राणा,प्रज्वल भट्टराई
प्रकाश भट्टराई, पुष्पराज कँडेल, रोशन खड्का
सन्देश श्रेष्ठ, सुवेश पन्त, सुरज अधिकारी र
उत्सव सुवेदीले नेपालीहरुको प्रतिनिधित्व गर्ने छ्न।

कार्यक्र्म को सुरुवातम नेपाली तथा अष्ट्रेलियन राष्ट्रीय धुन बजाउनुका साथै गत भदौ १० गते नेपालमा आएको बाढिमा परि दिवङ्गत हुनु भएका सम्पुर्ण  आत्माको चिरशान्तीको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। अस्ट्रेलियाको मेलबर्न वेस्ट रिजनका एम पि त्रुङ्ग लुको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रममा बोल्नु हुँदै एम एन सि वेस्ट क्लबका अध्यक्ष बिक्रम शर्मा पगेनिले  बिदेशमा आएर नेपाली समुदायको क्रीकेट क्लबको स्थापना गर्न पाउदा गर्व लागेको र भबिष्यमा एम एन सि वेस्ट क्रीकेट क्लबले आफ्नो राम्रो स्थान बनाउन सफल हुने छ भन्ने आफुले बिश्वास लिनुका साथै शुभकामना दिनु भएको थियो।

आयोजित कार्यक्रममा भिडियो कल मार्फत नेपाल रास्ट्रीय क्रीकेट टिमको तर्फबाट राष्ट्रीय खेलाडी दीपेन्द्र सिह ऎरिले बिदेशमा पनि नेपाली युवाहरुले क्रीकेट खेल प्रती रुची देखाउदै क्लब स्थापना गरेको कुरा सुन्न पाउदा आफू लगायत नेपाल क्रीकेट राष्ट्रीय टोलि खुशी भएको र  एम एन सि वेस्ट क्रीकेट क्लबको भबिष्य उज्ज्वलको लागि शुभकामना दिनु भएको थियो।

कार्यक्रममा मेलबर्नमा बसोबास गर्दै आएका बाल बालिकाहरुले नेपाली गीत सङ्गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाइ थप रोमान्चक बनाएका थिए।