काठमाडौ: काठमाडौ प्रहरीले लागुऔषध खैरो हेरोइन सहित एक जनालाइ नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा  जिल्ला धादिङ, निलकण्ठ नगरपालिका-१४ बस्ने वर्ष २९ को जोनाम लामा रहेका छन।

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काकडभिट्टा देखि काठमाडौं आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जोनाम लामाको साथबाट  लुकाई छिपाई गरि ल्याएको प्लास्टिक सहित १४.२८ ग्राम लागु औषध खैरो हेरोइन सहित नियन्त्रणमा लिएको हो।

 पक्राउ परेका लामा माथि थप अनुसन्धान भइरहेको ।जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दाब बहादुर थापाले जानकारी दिनु भयो।