काठमाडौं - त्रिपुरेश्वरमा भएको बस आगजनी घटनामा मृत्यु भएका चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबार पुगेका छन् । आफ्ना छोराको लागि न्याय माग्दै अर्जुनका आमा माइली माया दोङ लगाएत उनका श्रीमती बुधबार सिंहदरबार दक्षिण गेट अगाडी पुगेका हुन् । उनीहरुले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पर्नेलाई कानूनी कारवाही हुनुपर्ने माग राखेका छन् । 

अर्जुनका आमाले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने र घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राख्दै निरन्तर धाइरहनु परेको बताइन् । उनले छोरालाई अरूको भरमा गाडी नचलाउन र घर आएर नागरिकता बनाउन बारम्बार आग्रह गरेको बताइन् ।

असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिए पनि ९० प्रतिशतभन्दा बढी शरीरको ९० प्रतिशत भाग जलेका चालक दोङको उपचारकै क्रममा मृत्यु भएको थियो ।