काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई वरिष्ठ नेतामा मनोनीत गरेकोमा खुशी व्यक्त गरेकी छन् । उनले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारीसमेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताहरुको रुपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताइन्।
मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको बताइन्। देशको मुख्य व्यक्ति भइसकेका व्यक्तिलाई पार्टी सदस्य बनाउने कि नबनाउने भन्ने विवादकाबीच हालै बसेको केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनयन गरेको हो ।
उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्। भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।


0 comment