काठमाडौं - नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुससम्बन्धी मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो ।

उनीसँगै मुद्दा दायर भएका अरु आरोपितहरुले सफाइ पाएका छन् । तनहुँमा पेट्रोलपम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । तनहुँको आँबुखैरेनी-१ मा पेट्रोलपम्प सञ्चालन गर्दै आएको अकला देवी ट्रेडर्सलाई बैंकमा धितो राखी २५ करोड ऋण लिने क्रममा अधिकारीले ऋण दिएबापत ७४ लाख रुपैयाँ घुस खाएका थिए ।