काठमाडौं - सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको बताए ।
पूर्वप्रधानन्यायाधीश जबराको परिवारबाट थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन पठाएकाले सुरक्षाकर्मीबाट रेस्क्यू गरिएको मन्त्री पोखरेलले बताए ।
उनले भने,‘ जबरालाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन।’ मध्यरातमा जबरालाई घरैबाट नियन्त्रणमा लिएको विषयमा प्रतिपक्षी दलका सांसदहरुले आपत्ति जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् । सरकारले संविधान र कानुनको उल्लङघन गरी पञ्चायती शैली अपनाएको भन्दै कानुनी क्षेत्रबाट समेत विरोध भएको छ ।


0 comment