काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘थ्रेट’ भन्दै बिना पुर्जी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद भरत गिरीले जबरालाई पक्राउ गर्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे।
‘थ्रेट हुँदा मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्रेर लगिएको छ। भेट्न जाँदा मानव अधिकार आयोगका पदाधिकारीलाई समेत भेट्न दिइएन,’उनले भने,‘अहिले सामान्य सोधपुछ गरेर छाडियो भन्ने सुनिएको छ। यी घटनाक्रमले सरकारले कानुन,विधि र प्रक्रिया मिचेर काम गरिरहेको देखिन्छ।’
सांसद गिरीले सरकारले गर्नुपर्ने धेरै काम भए पनि त्यसतर्फ ध्यान नदिएको आरोप लगाए। ‘सरकारले गर्नुपर्ने कामहरू धेरै छन्। तर त्यसतर्फ कुनै ध्यान र सोच दिएको छैन,’उनले भने।


0 comment