काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । विभिन्न आयोगहरुले धमाधम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरिरहेका छन् ।