काठमाडौं - प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीनको ग्वाङझाउ प्रस्थान गरेका छन् ।

‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन २०२६’ कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा नेतृत्वको भ्रमण टोली  आइतबार  चीन  प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माका धर्मपत्नी उमा शर्मा, मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । उनी भ्रमण पूरा गरी यही असोज ८ गते स्वदेश फर्किनेछ ।