काठमाडौं - बारामा बलत्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । आइतबार कलैया उपमहानगरपालिका १४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको छ।

सरकारसँगको सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्त्येष्टि गरेको हो। उनलाई बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए । बालिकाको अन्त्येष्टिमा स्थानीवासी, बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।  हत्यारालाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा दैनिक प्रदर्शन हुँदै आएको छ ।