काठमाडौ:जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १६ वनस्थलीमा डेराकोठा गरी बस्ने मानिसको कोठाबाट सुनका गरगहनाहरू र नगद चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको थियो ।

प्रहरीले चोरीमा समलग्न ६ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २३ बस्ने वर्ष ५४ को विनोद शाक्य (खरिद गर्ने सुनचाँदी पसल संचालक)

जिल्ला सुनसरी, वराहक्षेत्र नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका १६ बस्ने वर्ष २२ को सुविन घिमिरे (चोरी गर्ने)

जिल्ला मकवानपुर, बाग्मती गाउँपालिका ८ घर भइ काठमाडौं बागबजार बस्ने वर्ष २६ को सुरज बिक (चोरी गर्ने)

जिल्ला काभ्रेपलान्चोक, बल्देखेदिन्चे घर भइ काठमाडौं चमती बस्ने वर्ष २६ को संजय तामाङ (चोरी गर्ने)

जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ बस्ने वर्ष ३५ को रवि महर्जन (बेचबिखन गर्ने)

जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ बस्ने वर्ष ३६ को रविन महर्जन (चोरी गर्ने)रहेका छन।

घटनामा संलग्न रहेका मध्ये रविन महर्जन र संजय तामाङ मिति २०८३।०४।२० गते लागु औषध तथा चोरी सम्बन्धी मुद्दामा पक्राउ परि प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेको र सुविन घिमिरे र सुरज बि.क अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दामा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको थिए ।

prहरी टोलीले चोरी गर्ने, बिक्री गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न मानिसहरूको साथबाट 

१. सुनको जस्तो देखिने सेतो मोती माला जडित मोती   हार थान- २

२. सुनको जस्तो देखिने हसुली माला थान- १ 

३. मोतीको माला जडित लकेट थान- २

४. सुनको खुकुरी कोट पिन थान- २

५. तिन गेडी हरियो माला थान- १ 

६. मंगल सूत्र माला थान- १ 

७. तिन लियर माला थान- १

८. सोले गेडी माला थान- १

९. लक्ष्मी माला थान- १

१०. सोली माला थान-१

११. सि माला थान- १

१२. नेक्लेस थान- १

१३. नवरत्न माला थान- १

१४. रातो मंगल सूत्र थान- २

१५. गोलो औँठी थान- १

१६. चन्द्रमा थान- १

१७. बक्स औँठी थान- १

 परिमाणमा सुनका गरगहनाहरू फेलापारी नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ३ को म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थपाले जानकारी दिनु भयो ।