काठमाडौं - पूर्वी नवलपरासीमा तीन दिनदेखि हराएका बालक सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट मंगलबारदेखि हराएका दुई वर्षीय बालक शिवान तामाङ आज जंगलमा फेला परेका हुन् । स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको हो ।
बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ । बालकका आमाबुवा रोजगारीका क्रममा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।
हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । बालक पनि हजुरआमा पछ्याउँदै वनतर्फ लागे तर, हजुरआमाले नाति पछि लागेको थाहै पाइनन् सोही क्रममा हराएको बुझिएको छ।


0 comment