काठमाडौं - कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठकमा सरकारका मुख्य मन्त्री मङ्गल बहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्य मन्त्री शाहीले सदनमा  सोमबार यस सम्बन्धी पत्र दर्ता गराइ सक्नुभएको छ । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्य मन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।  सदनबाट विश्वासको मत लिए पश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्य मन्त्री शाहीले जानकारी दिए । 

कुल ४० सदस्यीय प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेश सभा सदस्य छन् ।