काठमाडौं – एमाले परराष्ट्र मामीला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका हुन् । 

भारत र चिन हाम्रा छिमेकी राष्ट्र भएकाले कार्ड खेल्ने होइन, सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन भनी बताएका छन् । 

ओलीले भने, ‘कुनै प्रकारका सैनिक गतिविधि हुन दिदैँनौ । कसैले राखेपनि हाम्रो सार्वभौम सत्ताको अतिक्रमण हुन्छ । हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभका आधारमा सम्बन्ध कायम गर्छौ । हामी विश्व शान्तिको पक्षमा छौँ। हामी मानवीय मुल्यको कुरालाई महत्व दिन्छौं । कुनैपनि हिसावले युद्धलाई महत्व दिदैँनौं ।

हामी दुबै छिमेकी राष्ट्रसंग असल छिमेकी हुन चाहन्छौं र कुभलो पनी गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडी जान्छौं । नेपालको भूमी कसैका विरुद्ध प्रयोग हुन नदिने ओलीले बताए ।