काठमाण्डौं – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेश सभाबाट सभामुखमा निर्वाचित मण्डललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, बिना विभागीय मन्त्रीहरु, प्रतिपक्षी दलका नेता तथा मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सभामुखमा निर्वाचित मण्डल धनुषा १ (ख) बाट निर्वाचित सांसद हुन्।
यसैगरी उपसभामुख बबिता कुमारी राउत इसरले समेत आजै शपथ ग्रहण गरेकी छन् । सभामुख मण्डले उपसभामुख राउतलाई शपथ खुवाएका हुन् । साथै राउत जनमत पार्टीबाट निर्वाचित सासंद हुन् ।
मंगलबार सम्पन्न निर्वाचनमा सभामुख मण्डलले ७४ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा ३४ मत खसेको थियो । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवको प्रस्ताव र जसपाका रामआशिष यादवको समर्थनमा प्रस्तावित मण्डलको पक्षमा सत्तारूढ र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मतदान गरेका थिए ।
0 comment