काठमाडौं – राप्रपाका अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय पाएपछि सरकारमा सामेल भएका छन् ।

राप्रपाले नायाँ गठबन्दधनको सरकारलाई समर्थन गरेपनि सरकारमा जानेबारे टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा जलस्रोत सिंचाइ मन्त्री हुने भएका छन्  ।

यस्तैगरी, राप्रपाबाट सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानुन मन्त्रालयमा ध्रुववहादुर प्रधानको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।