काठमाडौं - दिल्ली मेट्रो रेल निगम (डीएमआरसी) ले बुधबार बिहान ११ः२७ बजे सूचना जारी गर्दै १६ वटा मेट्रो स्टेशन अर्को आदेश नभएसम्म बन्द रहने जनाएको छ ।

डीएमआरसीले सामाजिक सञ्जाल एक्समार्फत स्टेशनहरूको सूची सार्वजनिक गर्दै भनेको छ, ‘यी मेट्रो स्टेशनहरू अर्को आदेश जारी नभएसम्म बन्द रहने छन् । तर, राजीव चौक, मण्डी हाउस र सेन्ट्रल सेक्रेटेरियट स्टेशनमा इन्टरचेन्ज (लाइन परिवर्तन) सेवा भने उपलब्ध रहनेछ ।’ मेट्रो स्टेशन किन बन्द गर्न भनिएकोबारे सूचनामा कुनै कुरा खुलाइएको छैन ।

बन्द गरिएका १६ मेट्रो स्टेशनहरूः

  • लोक कल्याण मार्ग
  • राजीव चौक
  • पटेल चौक
  • रामकृष्ण आश्रम मार्ग
  • बाराखम्बा रोड
  • सुप्रिम कोर्ट
  • सेवा तीर्थ
  • जनपथ
  • मण्डी हाउस
  • सेन्ट्रल सेक्रेटेरियट
  • आईटीओ
  • दिल्ली गेट
  • इन्द्रप्रस्थ
  • खान मार्केट
  • जोर बाग
  • शिवाजी स्टेडियम