काठमाडौं - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहलका लागि कार्यदल गठन गरेको छ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार कार्यदलमा नेताहरू प्रकाश ज्वाला, विजय पौडेल र गंगालाल तुलाधर सदस्य रहेका छन्। यो कार्यदललाई वाम एकताका विषयमा बृहत् छलफल गर्ने र एकतासम्मको प्रक्रिया टुंग्याउने अख्तियारी पाएको छ।
0 comment