काठमाडौ:जनसेवा प्रहरी बृतको टोलिले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाइ गरेको छ। पक्राउ पर्नेहरूमा जिल्ला काभ्रेपलान्चोक, नमोबुद्द नगरपालिका ११ स्थायी वतन हुन वर्ष २१ को राज लामा , काठमाडौं ,महानगरपालिका कंकेश्वरी स्थायी वतन हुने वर्ष २३ को देव देउला, जिल्ला काभ्रेपलान्चोक, तेमाल घर भइ जिल्ला काठमाडौं, ओमबहाल बस्ने वर्ष २० को रोशिष लामा, जिल्ला सिन्धुली, दुधौली नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, बाफल बस्ने वर्ष २० को युवराज खत्री रहेका छन।

 काठमाडौं महानगरपालिका १३ बाफल कुमारीगाल स्थित एक घरमा डेरा कोठा गरी बस्ने बस्दै आएका थिए।  ४ जनालाई प्रहरी वृत्त जनसेवा र कालीमाटीबाट खटिएको प्रहरी टोलीले लागु औषध ट्रामाडोल २७ हजार ६६ क्यापसुल, नगद रु.५० हजार र ४ थान मोबाइल सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त जनसेवाबाट अनुसन्धान कार्य भइरहेको  प्रवक्ता / सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिनु भयो।