काठमाडौ:जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा भाग्ने क्रममा प्रहरीले गोलि प्रहार गरेको छ।

जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका ४ स्थायी घर भएका ३९ वर्षीय किशोरीप्रसाद ओझैया सहित ३ जनालाई २९६ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिईएको छ ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा ओझैया लागुऔषध ब्राउन सुगर सहित भाग्न खोजेपछि प्रहरीले उनको दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

घाइते ओझैयालाई तत्काल वीर अस्पताल लगि उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ लागुऔषध नियन्त्रण ब्युरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो।