काठमाडौं - जिल्ला अदालत पर्साले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिने निर्णय भएको छ।
लामिछानेको माग अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए। यसअघि रविविरुद्ध जिल्ला अदालत कास्कीले पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता गर्न आदेश दिएको थियो।
संगठित अपराधसम्बन्धी कसुर कायम नरहँदा जाहेरवाला र प्रतिवादीबीच मिलापत्र तथा बचतकर्ताको रकम फिर्ता हुने प्रक्रिया पनि सहज हुने अदालतको ठहर छ। दुवै अदालतमा अब सहकारी ठगीको मात्रै मुद्दा कायम रहनेछ।


0 comment