काठमाडौं - थापाथलीस्थित बागमती नदी किनारमा लामो समयदेखि बस्दै आएका सुकुम्वासीहरु आन्दोलित भएका छन्। सरकारले समय तोकेरै शनिबार र आइतबारमा बस्ती छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन् ।
वैकल्पिक व्यवस्था नगरिकनै आफूहरुलाई हटाउन लागेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।ब्यानर र प्लेकार्डसहित उनीहरुले सरकारी निर्णयको विरोध गर्दै आवासको प्रबन्ध गरिदिन माग समेत गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा शसस्त्र प्रहरी,जनपथ प्रहरी र महानगर प्रहरीले मिलेर भोलि बिहानैदेखि सुकुम्वासी बस्ती खाली गराउने तयारीमा जुटेका छन् । सुरक्षाकर्मीले माइकिङ गरेर सरसामान सार्न, वृद्ध र बालबालिकालगायतलाई सुरक्षित स्थलमा लैजान भनेपछि कतिपय सरसामान पनि सार्न थालेका छन् ।



0 comment