काठमाडौं - जिउँदो कुकुरलाई पुलबाट नदीमा फ्याक्ने महिला पक्राउ परेकी छन्।
बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट ती महिलाले कुकुरलाई सेती नदीमा फालेकी थिइन्।
पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट महिलाले कुकुरलाई धकेली सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला बझाङ जयपृथ्वी नगरपालिका -०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको हो । रोकायालाई असोज १ गते बेलुकी पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment