काठमाडौं - राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले पार्टी छोडेका छन्। राजेन्द्र महतो नेतृत्वको उक्त पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी त्याग गरेका हुन्।

महासचिव झा,केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र,पंकज कुमार देव,हिरालाल मण्डल,अनुपम झा,रिषिका जलान,कुमारी तामाङ,ललन मिश्र र शैशव राजुले शुक्रबार पार्टी अध्यक्ष महतोसमक्ष राजीमा बुझाएका हुन्।

पार्टी २०८१ साल कार्त्तिक ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।