काठमाडौं - सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि ह*त्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाहीको माग गरे।

ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्थाको माग गरियो। प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।