काठमाडौं— ललितपुर जिल्लाको ललितपुर महानगरपालिका बुङ्गमतिमा रहेका ३ वटा इँट्टा उद्योगबाट बालश्रम गरिरहेको अवस्थामा बालकहरुलाई उद्धार गरी परिवारमा पुर्नमिलन गराइएको छ । सोही बालकहरुलाई ललितपुर महानगरपालिका वडा नं. २२ को वडास्तरीय बालअधिकार समितिको अगुवाईमा बाल विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालको सहकार्यमा परिवारको जिम्मा लगाइएको हो ।
बालकहरु मकवानपुर बकैयाँ गाउपालिकका २ जना, सिन्धुली मरिण गाउपालिकाका २ जना सिन्धुली हरिहरपुर गाउपालिकाका १ जना र बारा जिल्ला नीजगढ नगरपालिकाका १ जना रहेको पुर्नमिलन प्रक्रियामा सहभागी बाल विकास समाजका कर्मचारीले बताएका छन । बालकहरु अन्य साथीहरुको लै लै मा लागेर विद्यालयमा पढाई छोडी इँट्टा उद्योगमा काम गर्न घरबाट भागेर आएको पाइएको थियो । उद्योगमा आई उनीहरु विहानदेखी बेलुकासम्म इँट्टा बनाइरहेको अवस्थामा संस्था तथा वडाको संयुक्त अनुगमनमा भेटिएका थिए । इँट्टा उद्योगलाई सरकारले जोखिमयुक्त श्रम क्षेत्रमा सुचीकृत गरेको हुनाले कुनै पनि बालबालिका उद्योगमा श्रम गर्न गराउन नपाइने बालअकिार समितिका संयोजकको भनाई थियो ।
बालकका परिवारसँग बुझ्दा इँट्टा उद्योगमा काम गर्न गएको थाहै नभएको बताएका थिए । सम्बन्धीत वडामा रहेका जनप्रतिनिधिहरुसँग बालकहरुको विषयमा कुरा गर्दा आर्थिक विपन्नताले गर्दा गए होलान तर अव यीनिहरुलाई विद्यालयमा नियमित अध्ययन गर्नका लागि वडाको पनि निगरानी रहने जनप्रतिनिधिले बताएका थिए । विशेषगरी १४ वर्षमुनीका कुनैपनि बालबालिकालाई श्रममा लगाउन श्रम ऐन २०५६ ले बन्देज लगाएको छ । गाउँबाट भागेर शहरीक्षेत्रमा रहेका विभिन्न उद्योग कारखानाहरुमा बालबालिकाले श्रम गरिरहेको तथ्य अझैपनि पाइन्छ । नेपालमा करिब २ लाखको हाराहारीमा बालबालिका जोखिमपूर्ण बालश्रममा संलग्न रहेको तथ्य छदैछ ।
कुनैपनि बालबालिका परिवारलाई ढाँटेर इँट्टा उद्योगमा आई श्रम गर्छन भने त्यसता बालबालिकाहरुलाई हामी अनुगमन गरेर उनीहरुको गाउँपरिवारमा जिम्मा लगाउने कुरा ललितपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्षले बताउनु भएको थियो ।


0 comment