काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा रहेको एक होटेलमा प्रहरीले छापा हानेको छ। प्रहरीले साँगाको कोकास होटलमा छापा हानेको हो।
होटेलमा अनैतिक धन्दा भैरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको बताइएको छ। प्रहरीले त्यस होटेलमा अनैतिक धन्दा चलाएको आरोपमा तीन युवती र दुई पुरुषलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये दुई संचालक रहेका छन्।


0 comment