अष्ट्रिया पठाइदिन्छु भन्थिन् झापाकी ईश्वरी, पैसा पाएपछि सम्पर्क बिहिन भएकिथिइन।
वैदेशिक रोजगारीका लागि अष्ट्रिया पठाइदिने भनेर रकम लिएपछि बेपत्ता भएकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले झापाको गौराहद नगरपालिका वडा नं. ०१ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने ४८ वर्षीय ईश्वरी पाण्डेलाई नियन्त्रणमा लिएको हो। उनले दुई जनालाई अष्ट्रिया पठाइदिन्छु भनेर रकम लिएकी थिइन्।


0 comment