गोरखाकी चेलीले राखिन् विश्वरेकर्ड, बनिन् १३ दिनको अवधिमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला !

गोरखाकी पूर्णिमा श्रेष्ठ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी छन्। १३ दिनको अवधिमा तीन पटक सगरमाथा आरोहण गरेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी हुन्।

श्रेष्ठले सन् २०२४ मे महिनामा एकै सिजनमा १३ दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनले २०२४ मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।