काठमाडा : वीरेन्द्रनगर, १ सुर्खेत निवासी १६ वर्षीया किशोरी इनिसा बिकको सामुहिक बलात्कार पछि भएको हत्याकाण्डका आरोपिहरु माथी कडा भन्दा कडा सजायको माग गर्दै विभिन्न कलेजका बिद्यार्थिहरुले राष्ट्रीय महिलाआयोग पुगि अध्यक्ष कमला पराजुलीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा उमेरको हद देखाइ आरोपिहरुलाइ उन्मुक्ती दिन नमिल्ने र आजिवन काराबासको सजाय को माग  गरिएको महिला आयोगका सदस्य तथा प्रबक्ता कृष्णकुमारी पौडेल खतिवडा ले जानकारी दिनु भयो।

ज्ञापनपत्रमा हत्या काण्डको निष्पक्ष छनबिन गरि इनिशाका परिवारलाइ न्याया दिलाएर राज्यमा दण्डहिनताको अन्त्य भएको महासुश गराउन समेत सरोकार वालाहरु सङ्ग माग गरेको छ।

राष्ट्रीय महिला आयोग महिलाहरुको हकहितको पक्षमा सधै उभिदै आएको र सधै उभिनै रहने र सुर्खेतमा गरिएको सामुहिक बलत्कार पछि हत्याको छान बिनको लागि आवश्यक कदम चालिने प्रबक्ता कृष्णकुमारी पौडेल खतिवडाले बताउनु भयो।

कर्णाली सुर्खेत गुर्भाकोट बडाखोली  कि १६ बर्षिया इनिशा बि क को गत फागुन २३ गते बिहान आफ्नै प्रेमीको योजनामा सामुहिक बलात्कार पछि हत्या भएको थियो।
सुर्खेत प्रहरीले बलत्कार पछि हत्या गरेको आरोपमा ४ जनालाइ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।