काठमाडौं- तनहुँ-१ मा रास्वपाका नेता स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ३८  हजार ४० मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका गोविन्द भट्टराईले १६  हजार २ सय ३१ मत प्राप्त गरे । यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले भारी मतान्तरले विजयी भएका थिए ।